आईएमई पे बाट सजिलै ट्राफिक जरिबाना तिर्न मिल्ने

188
0
Share:

आईएमई पेबाट ग्राहकहरूले अब सजिलैसँग ट्राफिक जरिबाना भुक्तान गर्न मिल्ने सुविधा थपिएको छ । ग्राहकहरूलाई विभिन्न सेवाको सहज भुक्तानी सेवा प्रदान गर्दै आएको आईएमई पे एपले अब सरकारी तहमा गर्नुपर्ने भुक्तानीहरू जस्तैस्-कर भुक्तानी, लोक सेवाको भुक्तानी गर्न, ट्राफिक जरिबाना भुक्तानी गर्न सकिने बनाएको हो ।

ग्राहकहरूले लामो लाइनमा बसी जरिबाना तिर्न नपरोस् भन्ने उद्देश्यका साथ यो सुविधा ल्याइएको आईएमई पेले जनाएको छ । ट्राफिक जरिबाना तिर्नका लागि आईएमई पेको एपमा गभर्नमेन्ट सेवामा गई सूचीमा देखाइएको ट्राफिक फाइनमा गई मागिएको विवरण भरेर सजिलैसँग भुक्तानी गन सकिनेछ ।

कमेन्ट गर्नुहोस्