लुम्बिनी विकास बैंकका डीसीईओ ढकालको निधन

170
0
Share:

लुम्बिनी विकास बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पवन ढकालको निधन भएको छ । डीसीईओ ढकालको बुधबार हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

डीसीईओ ढकाल हृदयघातका कारण लामो समयदेखि उपचाररत थिए । ढकालको काठमाडौंमा निधन भएको हो । हृदयघात भएपछि उनलाई उपचारका लागि दिल्ली लगिएको थियो । उनलाई दुई पटकसम्म हृदयघात भएको थियो ।

त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका ढकालको नेपाली बैंकिङ क्षेत्रमा तीन दशकको योगदान छ । उनले सन् १९९२ मा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड (साविक नेपाल ग्रिन्डलेज बैंक) बाट आफ्नो बैंकिङ करियर सुरु गरेका थिए । सो बैंकमा करिब ८ वर्ष बिताएका थिए ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक छाडेपछि उनी माछापुच्छ्रे बैंकमा आबद्ध भएका थिए ।। उनले माछापुच्छ्रे बैंकमा करिब १४ वर्षसम्म विभिन्न व्यवस्थापकीय भूमिका र जिम्मेवारीमा रहेर काम गरेका थिए ।

त्यसपछि साविक कैलाश विकास बैंकमा सहायक महाप्रबन्धक, सिद्धार्थ विकास बैंकमा डीसीईओ र जनता बैंकमा सहायक महाप्रबन्धकको रूपमा काम गरेका थिए ।

उनी सन् २०१९ जुनदेखि लुम्बिनी विकास बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको पदमा प्रवेश गरेका थिए । उनले मुक्तिनाथ क्यापिटलको सञ्चालक समितिमा पनि बैंकको प्रतिनिधित्व गरेका थिए ।

तनहुँका स्थायी बासिन्दा भएपनि हाल उनको परिवार पोखरामा बस्दै आएको छ । उनको आजै काठमाडौंमा अन्त्येष्टि गरीएको छ ।

कमेन्ट गर्नुहोस्