कोका-कोला नेपालले ल्यायो बेरीको स्वादमा ‘चार्ज्ड’

152
0
Share:

नेपालको एक अग्रणी पेय पदार्थ कम्पनी कोका-कोला नेपालले ‘चार्ज्ड’ नामको नयाँ इलेक्ट्रिफाइड पेय पदार्थ सार्वजनिक गरेको छ । आज सोमबार एलओडिमा (लर्ड अफ द डिक्स) कम्पनीका प्रतिनिविहरु, सचारकर्मीहरु र इन्फ्लुएत्र्यहरुको उपस्थितिमा यस नयाँ इलेक्ट्रिफाइई पेय पदार्थ सावजनिक गरेको हो ।

यो नयाँ पेय पदार्थले उपभोक्ताहरुलाई बेरीको स्वादमा इलेक्ट्रिफाइई फिजी जिड प्रदान गर्दछ । चार्ज्डको लन्चसँगै कोका-कोला नेपालको बेभरेज पोर्टफोलियोमा एउटा नयाँ स्वाद थपिएको छ -बेरी बोल्ट । आफ्ना उपभोक्ताहरूलाई उनीहरूको आवश्यकता र जीवनशैली सुहाउँदो सफ्ट ड्विक्सका विभिन्न विकल्पहरु उपलब्ध गराउने प्रतिबद्धता स्वरुप चार्ज्डलाई बजारमा ल्याइएको कम्पनीले जनाएको छ।

No description available.

कोका-कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने- “नेपाली युवाहरुका आफ्नै महत्तवाकांक्षाहरु छन्‌ र उनीहरुलाई आफ्नो आकांक्षा पुरा गर्नको लागि जिम्मेवारी लिन र सोही अनुसारको कदम चाल्न प्रेरित गर्ने सन्देश सहित हामीले यो नयाँ पेय पदार्थ चार्ज्ड बजारमा ल्याएका छौँ । यसमा भएको वेरी बोल्टको स्वादले युवाहरुलाई नयाँ स्वाद दिनुको साथै जीवनमा आइपर्ने अनिश्चितताहरूलाई लिएर चिन्ता गर्नुको साटो चुनौतीहरुको डटेर सामना गर्ने प्रोत्साहन गर्छ ।”

त्यस्तै, बोटलर्स नेपालका म्यानेजिङ डिरेक्टर दिपक सेन्ठिल नाथले भने, “आफ्ना उपभोक्ताहरुलाई नयाँ स्वादसँगै स्थानीयपन पनि पस्किँदै कोका-कोला नेपाल एक टोटल बेभरेज कम्पनी बन्ने आफ्नो रणनीतिलाई एक कदम अगाडि बढाएको छ । चार्ज्डको लन्चले हाम्रो उत्पादन पोर्टफोलियोलाई विस्तार मात्र गरेको छैन नेपाली युवाहरुको रोजाइ र तिनीहरुको गो-गेटर लाइफ स्टाइललाई सम्वोधन गर्ने कोका-कोलाको प्रयासलाई पनि देखाएको छ ।”

No description available.

चार्ज्डको लन्च क्याम्पेनलाई अझै सफल बनाउन टेलिभिजन, सामाजिक सञ्जाले’ ओटिटि लगायत अन्य डिजिटल माध्यमहरुमा पनि टिभिसि देखाउनुको साथै विभिन्न कलेजहरुमा कार्यक्रमहरु पत्ति सञ्चालन गरिएका छन्‌ । युवाहरुलाई सकृय रहन र आफ्नो उद्देश्य प्राप्ति गर्नको लागि हरदम सकृय रहनुपर्छ भन्ने सन्देश वोकेको यस कमर्सियलमा बिएमएक्स बाइक स्टन्ट र ग्राफिटिहरु पनि देखाइएको छ। चार्ज्ड नेपालभरका किराना पसल लगायत डिपार्टमेन्ट स्टोरहरुमा २५० एमएलको रिसाइकल गर्न मिल्ने पेट बोतलमा उपलब्ध छ ।

कमेन्ट गर्नुहोस्