पुँजी बजारप्रति राष्ट्र बैंक नकारात्मक छैन: गभर्नर अधिकारी

87
0
Share:

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंक पुँजी बजारप्रति कहिल्यै नकारात्मक नरहेको बताएका छन् । उनले राष्ट्र बैंक पुँजी बजारको विकास गर्न प्रतिबद्ध रहेको भन्दै कहिल्यै पुँजी बजारप्रति नकारात्मक नभएको स्पस्ट पारेका हुन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) अवार्ड कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले पुँजी बजार हेर्ने छुट्टै केन्द्रिकृत नियमन निकायहरू रहेको बताउँदै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई गरेको रेगुलेशनको कारण कुनै न कुनै विषयले पुँजीबजारलाई प्रभाव पारेको बताए ।

उनले राष्ट्र बैंकले पुँजी बजारलाई असर परोस् भन्ने नियत नलिएको बताए । उनले बैंकहरूसँग भएको पुँजी उत्पादनमूलक क्षेत्रमा लगानी होस् भन्ने चाहना भएको पनि बताएका छन् ।

कमेन्ट गर्नुहोस्