राप्रपालाई सरकार छोड्न दबाब

66
0
Share:

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठकमा फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउने प्रस्ताव ल्याउने भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बनेका मन्त्रीहरुले बैठक नै बहिस्कार गरेका छन् ।

उप्रधान एवम् उर्जा तथा सिंचाईमन्त्री रहेका राजेन्द्र लिङ्देन, कानूनमन्त्री ध्रुबहादुर प्रधान, सहरी विकास मन्त्री विक्रम पाण्डे र उर्जा तथा सिंचाइ राज्यमन्त्री दीपकबहादुर सिंह मन्त्रिपरिषद्को बैठकमा अनुपस्थित भएर बहिस्कार गरेका हुन् ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकमा जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने प्रस्ताव आएपछि असन्तुष्टि जनाउँदै राप्रपाका मन्त्रीहरू उपस्थित भएनन् ।

राप्रपा पक्षधरहरुले भोली यात सार्वजनिक विदाको अवज्ञा गरेर मन्त्रालय खोल्न दवाब दिएका छन् । अन्यथा सरकारबाट बाहिरिनुपर्ने राप्रपाका अन्य नेता तथा कर्याकर्ताले दबाब दिएका छन् ।

 

कमेन्ट गर्नुहोस्