
काठमाडौं । नेपालमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहानै ताप्लेजुङलाई केन्द्य्रविन्दु बनाएर भूकम्पले झट्का दिएको हो ।
जिल्लाको लेलेप आसपास केन्द्रविन्दु भएर आज बिहान ४ बजेको समयमा ४.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार यो परकम्प नभई नयाँ भूकम्प हो । भूकम्पपछि हालसम्म क्षतिको कुनै विवरण प्राप्त भएको छैन ।
कमेन्ट गर्नुहोस्