टर्की र सिरिया भूकम्पमा ज्यान गुमाउनेको संख्या २८ हजार नाघ्यो

76
0
Share:

काठमाडौं । टर्की र सिरियामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २८ हजार नाघेको छ । टर्कीएमा मात्रै २४  हजार ६२७ जना र सिरियामा तीन हजार, ५७५  जनाले ज्यान गुमाका छन् ।

मानवीय सहायता परिचालनमा समन्वय गरिरहेका संयुक्त राष्ट्रसङ्घका अधिकारीले करिब ५३ लाख सिरियाली घरबारविहीन भएका अनुमान गरेको छ । टर्कीए र सिरियाका नौ लाख भूकम्पपीडितलाई  खाना तत्काल आवश्यक भएको बताएका छन् ।

टर्कीएले विद्रोही नियन्त्रणमा रहेको सिरियाका केही भागमा आफ्नो भूमिबाट दुईतर्फी बाटो खोल्ने प्रयास भइरहेको जनाएको छ । उद्धारकर्मीहरू भूकम्पपछिका एक सय घण्टादेखि प्रतिकूल मौसममा पनि भग्नावशेषबाट जीवित उद्धार गर्न सकेकामा त्यसलाई चमत्कार भनेका छन् । भूकम्प गएको १२९ घण्टापछि एकै परिवारका पाँच सदस्यको जीवितै उद्धार गरिएको छ ।

कमेन्ट गर्नुहोस्