प्रभु बैंकद्वारा सम्पत्ति शुद्धीकरण निवारण अनुपालन उल्लंघन, राष्ट्र बैंकले गरायो ५० लाख जरिवाना

111
0
Share:

नियमविपरीत काम गरेको भन्दै नेपाल राष्ट्र बैंकले प्रभु बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको छ । राष्ट्र बैंकको सुपरिवेक्षण विभागले प्रभु बैंकलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेकोले जरिवाना गरेको हो। बैंकलाई ५० लाख रुपैयाँको जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ । यस्तै, बैंकले कर्जा सूचना तथा कालोसूची सम्बन्धी व्यवस्था पालना नगरेको भन्दै राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा १ (क) बमोजिम सचेत गराएको छ ।

राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पनि कारबाहीस्वरूप सचेत गराएको थियो। पहिलो चरणमा सचेत मात्र गराएको राष्ट्र बैंकले आरोप पुष्टि भएपछि दोस्रो त्रैमासमा बैंकलाई नगद जरिवाना गराएको हो।

शंकास्पद पैसा ओसारपसार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका अछामका पृथ्वीबहादुर शाह, उनका निकटतम व्यक्ति र संस्थाको रोक्का रहेको बैंक खाताबाट बैंकले रकम निकाल्न अनुमति दिएको थियो । त्यसैले राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा जारी निर्देशन उल्लंघन गरेको आरोपमा बैंकलाई कारबाही गरेको हो।

कमेन्ट गर्नुहोस्