ओरालो लाग्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?

129
0
Share:

साताको अन्तिम कारोबार दिन (शुक्रबार) सुनको भाउ ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँले घटेको हो। योसँगै छापावाला सुन प्रतितोला १ लाख ३ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ३ हजार १०० रुपैयाँ कायम भएको छ।

हिजो बिहीबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख ४ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा ३० रुपैयाँले घटेर १ हजार २९० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो।

कमेन्ट गर्नुहोस्