
काठमाडौं । शुभम पावर कम्पनी लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । कम्पनीले आज बिहान सर्वसाधारणलाई आईपिओ बाँडफाँट गरेको हो । शुभम पावरले माघ १८ देखि माघ २२ गतेसम्म सर्बसाधारणलाई आइपिओ बिक्री खुला गरेको थियो।
बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको यस कम्पनीको आइपीओमा कुल १२ लाख ७५ हजार ४ सय २१ जनाबाट १ करोड ३८ लाख ४७ हजार ५ सय ७० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये ३ हजार ५ सय ८७ जनाको आवेदन रद्द भएको छ । कम्पनी १२ लाख ७१ हजार ८ सय ३४ जना आवेदकलाई गोलाप्रथामा समावेश गराएको थियो। जसमा २ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकि ४८ हजार १ सय ८६ जनाले १० कित्ताका दरले शेयर पाएका छन् ।
कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिमार्फत १० कित्ताका दरले बाँडफाँट गरिनेछ । १० कित्ताका दरले बाँडफाँट गर्दा ४८ हजार १८८ जना आवेदकले मात्रै कम्पनीको शेयर प्राप्त गर्नेछन् ।