राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर राणाको निधन

210
0
Share:

नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर राणाको निधन भएको छ । उनको उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो ।

स्रोतका अनुसार उनको आइतवार विहान ६ :३० बजे निधन भएको हो । नेपाल राष्ट्र बैंकको संस्थापक गभर्नर राणा पूर्व अर्थ सचिव समेत थिए ।

२००७ सालको परिवर्तनपछि स्थापित अर्थ मन्त्रालयमा सचिव भएका उनी २०१३ वैशाख १४ देखि २०१७ माघ २५ सम्म नेपाल राष्ट्र बैंकमा गभर्नर थिए । उनी हाल हिमालयन बैंकको सञ्चालक समितिमा प्रमुख सल्लाहकार पनि थिए ।

कमेन्ट गर्नुहोस्