कालिञ्चोक दर्शनको आईपीओ बाँडफाँटको मिति तय

156
0
Share:

कालिञ्चोक दर्शन लिमिटेडले निष्काशन गरेको साधारण सेयर (आईपीओ) अर्को हप्ता बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ अनुसार कम्पनीले माघ ३ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेकाे आईपीओकाे बाँडफाँट अर्काे साता गर्ने तयारी भएकाे छ ।

कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्ममा १४ लाख ३२ हजार ८ सय ८१ जना लगानीकर्ताहरूले १ अर्ब ६६ करोड ८ लाख रुपैयाँ बराबरको १ करोड ६६ लाख ८ हजार कित्ताका लागि आवेदन दिएका छन् जुन माग भन्दा १८.५२ गुणा बढी आवेदन हो ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँट गर्दा जम्मा ८९ हजार ६ सय ४० जनाले मात्रै सेयर हात पार्नेछन् भने बाकि १३ लाख बढी आवेदकको हात खालि रहने छ।

कम्पनीले सर्वसाधारणको लागि ८ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्काशन गरेको हो।

कमेन्ट गर्नुहोस्