
सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक १४.६८ अंकले घटेर २१६८.५३ बिन्दुमा पुगेको छ ।
त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.८३ अंकले घटेर ४१०.३१ बिन्दुमा पुगेको छ ।
कारोबार अवधिभर २६८ कम्पनीको ८२ लाख ७६ हजार ७५१ कित्ता सेयर किनबेच भएको छ । यसदिन ३ अर्ब एक करोडमाथिको कारोबार भएको छ ।
कुल १३ उपसमूहमध्ये २ वटा समूहको सेयर मूल्य बढेको छ भने बाँकी ११ वटा समूहको सेयर मूल्य घटेको छ । यसदिन ४८ कम्पनीको सेयर मूल्य बढेको छ, भने १६१ कम्पनीको सेयर मूल्य घटेको छ । बाकि ४ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
कमेन्ट गर्नुहोस्








