
साताको पहिलो कारोबार दिन सुनचाँदीको मूल्य उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले उकालो लागेको हो। योसँगै छापावाला सुन प्रतितोला १ लाख १ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १२०० रुपैयाँ कायम भएको छ।
शुक्रबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले उकालो लागेको हो। यो दिन छापावाला सुन प्रतितोला १ लाख १ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो।
कमेन्ट गर्नुहोस्








