माया खोला हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

141
0
Share:

माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि जारी गरेको आईपीओ भर्ने आज पुस १७ गते अन्तिम दिन रहेको छ।

यो कम्पनीले गत मंसिर २३ गतेदेखि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको थियो। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने गत पुस ८ गतेसम्म आईपीओ बिक्री खुला गरिएको थियो। स्थानीयका लागि भने म्याद थपेर आज पुस १७ गते बिक्री खुला गरिएको धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ।

कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको ३४ प्रतिशतले हुने ३४ लाख कित्ता साधारण सेयरमध्ये जारी पुँजीको १० प्रतिशतले हुन आउने १० लाख कित्ता स्थानीयका लागि बिक्री खुला गरेको छ। यो आईपीओमा आयोजनाबाट अतिप्रभावित संखुवासभा जिल्लाको चैनपुर–८ र ९, धर्मादेवी ३, ४ र ५, मादी–४ र ६ का लागि बासिन्दाका लागि ६ लाख कित्ता तथा प्रभावित क्षेत्र संखुवासभा जिल्लाको चैनपुर, धर्मदेवी र मादी नगरपालिकाका अन्य क्षेत्रका स्थानीयका लागि ४ लाख कित्ता छुट्याएको छ।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन्।

कमेन्ट गर्नुहोस्