
नेपाल रेमिट इन्टरनेसनल प्रालिको प्रमुख कार्यकारी अधिकृतमा चार्टर्ड एकाउन्ट सागर खनाल नियुक्त भएका छन् । २९ वर्षीय खनालसँग बिजनेस, रणनीति र योजना तथा मार्केटिङ र व्यवस्थापनका साथै रेमिट्यान्स क्षेत्रमा ७ वर्षभन्दा बढी समयको अनुभव छ ।
कम्पनीका अध्यक्ष रितश मित्तलले खनालको नेतृत्वमा संस्था अझ बलियो हुने विश्वास व्यक्त गरिन् । १७ वर्षदेखि रेमिट्यान्स क्षेत्रमा काम गर्दै आएको कम्पनीले डिजिटलमा जोड दिँदै विश्वका विभिन्न विभिन्न देशबाट विप्रेषण भित्र्याउँदै आएको छ ।
नवनियुक्त सीईओ खनालले सस्तो, भरपर्दो र रियल टाइम सेवाका लागि डिजिटल रेमिट्यान्सलाई प्राथमिकतामा राखेर सेवाग्राहीलाई अत्याधुनिक सुविधा उपलब्ध गराइने बताए ।
कम्पनीले नेपालका सबै बैंक खातामा रियल टाइममै रेमिट्यान्स जम्मा गर्दै आएको छ । विभिन्न वालेट कम्पनीसँग साझेदारी गरी विदेशवाट वालेटमा समेत रेमिट्यान्स भित्रउँदै आएको छ । कम्पनीले हाल देशभर १० हजार बढी एजेन्ट नेटवर्कबाट सेवा दिँदै आएको छ ।








