एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा, बोनस कति ?

165
0
Share:

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको शुक्रबार (मंसिर १६) गते बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १०.५३६३१६८ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा १० प्रतिशत बोनस सेयर र ०.५२६३१५८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

प्रस्तावित लाभांशमा नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणबाट अनुमोदन गरी वितरण गरिने कम्पनीले जनाएको छ।

कमेन्ट गर्नुहोस्