स्याङ्जा–२ अपडेट : धनराज गुरुङ पद्मा अर्यालभन्दा ६ हजार मतान्तरले अगाडि

188
0
Share:

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन क्षेत्र स्याङ्जा–२ मा नेपाली कांग्रेसका उमेदवार धनराज गुरुङले अग्रता फराकिलो बनाएका छन् । पछिल्लो मतपरिणामानुसार उनी नेकपा एमालेका पद्मा अर्यालभन्दा करिब ६ हजार मतले अगाडि छन् ।

पाँच दलीय गठबन्धनको समर्थन पाएका कांग्रेसका गुरुङले २९ हजार ५६६ मत पाउँदा एमालेकी अर्यालले २३ हजार ५९१ मत ल्याएकी छन् । गुरुङ र अर्यालबीचको मतान्तर पाँच हजार ९७५ छ ।

यस्तै, तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार टिकराज गुरुङले सात हजार ७५६ मत पाएका छन् ।

कमेन्ट गर्नुहोस्