यी वस्तुहरु आयातमा लाग्दै आएको शतप्रतिशत मार्जिनको व्यवस्था हट्यो

182
0
Share:

नेपाल राष्ट्र बैंकले केहि वस्तुहरुको आयातमा लाग्दै आएको शतप्रतिशत क्यास मार्जिनको व्यवस्था हटाएको छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षामा अघि सारिएको व्यवस्था अनुसार केहि वस्तुहरुको आयातमा लागू गरिएको शतप्रतिशत मार्जिनको व्यवस्था हटाएको हो ।

राष्ट्र बैंकले राष्ट्र बैंकको नयाँ परिपत्र अनुसार अब पत्थर, प्लाष्टर, सिमेण्ट, एस्बेस्टोस(अश्मतन्तु), अबरख वा यस्तै किसिमका पदार्थहरुबाट बनेका वस्तुहरुको आयातमा शतप्रतिशत नगद मार्जिन राख्नु पर्दैन ।

तर त्यस्ता बस्तुहरुको आयातका लागि सार्वजनिक खरिद प्रक्रियामा सहभागी भएर गरिएको करार सम्झौताका कागजागत भने पेश गर्नुपर्नेछ ।

राष्ट्र बैंकले विछ्यौनाको रुपमा परिवर्तन गर्न सकिने वा नसकिने सिट (आसन) (शीर्षक ९४.०२ बाहेक) र तिनका पार्टपूर्जाहरुको आयातमा समेत शतप्रतिशत नगद मार्जिन आवश्यक नपर्ने व्यवस्था गरिदिएको छ ।

त्यस्तै, अब प्राथमिक रुपका स्टाइरिनका पोलिमरहरुको आयातमा पनि शतप्रतिशत मार्जिन लाग्ने छैन् ।

कमेन्ट गर्नुहोस्