म्याग्दी हाइड्रोपावरको वार्षिक साधारण सभा पुस ११ गते, यस्ता छन् एजेण्डा

199
0
Share:

म्याग्दी हाइड्रोपावर लिमिटेडले पुस ११ गते वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो । सभा कम्पनीको रजिष्ट्रर्ड कार्यालय बालुवाटार, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पेश गर्नेछ ।

सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

कमेन्ट गर्नुहोस्