बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

241
0
Share:

साताको अन्तिम कारोबार दिन (शुक्रबार) पनि सुनको बढेको छ। सुनको मूल्य लगातार तेस्रो दिन उकालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको छ। छापावाला सुन प्रतितोला  ९९ हजार १०० रुपैयाँ र तेजाबी सुन ९८ हजार ६०० रुपैयाँ कायम भएको छ।

हिजो सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन छापावाला सुन प्रतितोला ९८ हजार १०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ३४५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ४० रुपैयाँले बढेर चाँदी १ हजार ३३० रुपैयाँमा किनबेच भएको थियो ।

कमेन्ट गर्नुहोस्