भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य

182
0
Share:

भारतबाट पेट्रोल र डिजेलको मूल्य फेरि घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो ।

आइओसीले बिहीबार नेपाललाई पठाएको नयाँ मूल्य पहिलाको भन्दा कम भएको नेपाल आयल निगमले जानकारी दिएको छ । निगमका अनुसार आईओसीले पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ र डिजेलमा ११ रूपैयाँ घटाएर पठाएको छ ।

बिहीबारको नयाँ मूल्यअनुसार निगमलाई डिजेलमा ५० पैसा र पेट्रोलमा १३ रूपैयाँभन्दा बढी नाफा छ । त्यस्तै निगमलाई सबै गरेर अबको मूल्यअनुसार पन्ध्र दिनमा ५८ करोड रूपैयाँ नाफा हुनेछ ।

कमेन्ट गर्नुहोस्