सरकार र राष्ट्र बैंकको नीतिविरुद्व आन्दोलनमा उत्रिदै नाडा

147
0
Share:

अटो व्यवसायीको छाता संगठन अटोमोबाइल्स डिलर्स एसोसियसन अफ नेपाल (नाडा)ले सरकार र राष्ट्र बैंकको नीतिविरुद्ध आन्दोलन गर्ने भएको छ ।
नाडाले शुक्रबार पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गर्नेछ । नाडाले आन्दोलनको कार्यक्रम घोषणा गर्न टेकुस्थित नेपाल उद्योग वाणिज्य महासंघको कार्यालयमा शुक्रबारमध्याह्न १२ः३० बजे पत्रकार सम्मेलन डोकेको छ । पत्रकार सम्मेलनमा नाडाले सरकार र राष्ट्र बैंकले ल्याएका नीतिबारे आफ्नो धारणा सार्वजनिक गर्नेछ। त्यसपश्चात आन्दोलनको कार्यक्रम घोषणा गरिने नाडाले जनाएको छ।

सरकारले विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै गत वैशाख १४ गतेदेखि गाडीहरुको आयातमा प्रतिबन्ध लगाएको छ। सरकारले गाडी आयातमा लगाए प्रतिबन्ध हटाउन नाडाले माग गर्दै आएको छ।

देशलाई भन्सार विन्दुमा उठ्ने परल मूल्यभन्दा दोब्बर राजश्व बुझाउँदै देशको कुल कर राजश्वमा झन्डै २५ प्रतिशत योगदान पुर्याउने नेपालको अटोमोबाइल्स क्षेत्र रहेको नाडाको भनाइ छ। खर्बौंको लगानी तथा लाखौँलाई रोजगारी प्रदान गरेको अटोमोबाइल्स व्यवसाय आज सरकारको उक्त अदूरदर्शी नीतिका कारण धरासायी बनेको नाडाले जनाएको छ। गाडी आयात प्रतिबन्धले अटोमोबाइल्स क्षेत्रबाट सरकारलाई जाने राजश्वसमेत गुमेको नाडाको ठहर छ।

कमेन्ट गर्नुहोस्