ज्योति विकास बैंकद्धारा संस्थापक सेयर बिक्रीमा, क-कसले दिन मिल्छ आवेदन ?

141
0
Share:

ज्याति विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थाका केहि संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्रीको लागि आवेदन दिए पश्चात उक्त सेयर बिक्रीमा ल्याएको हो ।

सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंस्थित कम्पनी सचिवको कार्यालयमा के कति सेयर खरीद गर्ने सोको व्यहोरा खुलाई शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको समयमा संस्थापक सेयरधनीबाट निवेदन नआएमा प्रचलित कानून बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने पनि कम्पनीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्