
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ५ प्रतिशत लाभांस वितरण गर्ने भएको छ । २०७९ मंसिर १४ गते बेलुका ५ बजे बसेकोे बैंक सञ्चालक समितिको ३७२औं बैठकले चुक्ता पूँजीको ५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव पास गरेको हो ।
बैंकको २०७९ आषाढ मसान्तमा कायम चुक्ता पुँजी नौ अर्ब पचपन्न करोड उनान्चालिस लाख नौ हजार एक सय अन्ठानब्बे रुपैयाँ उनान्नब्बे पैसा श्रपैयाँमा ४.७५ प्रतिशतले हुन आउने रकम पैंतालीस करोड अड्तीस लाख दश हजार छ सय छयासी रुपैयाँ पञ्चानब्बे पैसा बोनस शेयर वितरण गर्न लागेको हो ।
कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.२५ प्रतिशतले हुन आउने रकम दुई करोड अड्तीस लाख चौरासी हजार सात सय त्रिहत्तर रुपैयाँ बराबरको नगद लाभाशं वितरण गर्ने निर्णय गरेको छ ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र प्रभु बैंक लिमिटेडबीच साउन १५ गते संस्था प्राप्ति सम्बन्धी सहमती भएको छ जसअनुरुप प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्नेछ र पौष मसान्तभित्रनै एकिकृत कारोबार गर्ने गरी प्राप्ति प्रक्रिया अगाडी बढेको बैंकले जनाएको छ ।








