आदर्श लघुवित्तको सेयर कारोबार फुकुवा

186
0
Share:

मर्जर प्रक्रियाका लागि रोक्का रहेको आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले संस्थाका आधारभुत सेयरधनी बाहेकका सेयरधनीहरुको सेयर कारोबार फुकुवा गरेको हो ।

योसँगै संस्थाको सेयर भोलि (बिहीबार) देखि कारोबारमा आउनेछ ।

डिपोक्स लघुवित्त वित्तीय संस्थाले प्राप्ति गर्ने सम्झौता भएपछि आदर्श लघुवित्तको सेयर कारोबार रोक्का रहेको थियो । लघुवित्तले मंसिर ११ गते पत्र पठाउदै कारोबार खुला गर्न नेप्सलाई आग्रह गरेको थियो ।

धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका अनुसार मर्जर सम्बन्धी प्रकृयामा रही सेयर कारोबार रोक्का रहेको लघुवित्तको सेयर कारोबार फुकुवा भएको नेप्सेले जनाएकाे छ ।

May be an image of text

कमेन्ट गर्नुहोस्