तरलता व्यवस्थापन गर्न २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

114
0
Share:

तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । राष्ट्र बैंकले भोलि (मंसिर १५ गते) १४ दिने रिपो जारी गर्न लागेको हो ।

बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ।

वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले आउँदो मंसिर २९ गते परिपक्व हुने यो रिपो भोलि दिउँसो २ बजे बोलकबोलमार्फत खरिद गर्न सक्नेछन्।

तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तरबैंक सापटी र स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गर्दछन्।

कमेन्ट गर्नुहोस्