बुधबार सेयर बजारमा सामान्य अंकको गिरावट

124
0
Share:

सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ ।

आज सेयर बजार कारोबार मापक नेप्से परिसूचक ३.५१ अंकले घटेर १९४९.८५ बिन्दुमा ओर्लिएको छ ।

यसदिन ठूला तथा बलिया कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ०.८५ अंकले घटेर ३८१.८४ बिन्दुमा ओर्लिएको छ ।

कारोबार अवधिभर २३८ कम्पनीको २३ लाख ५५ हजार ८४५ कित्ता सेयर ८४ करोड २६ लाख ९५ हजार रुपैयाँमा किनबेच भएको छ ।

यसदिन २ वटा समूहबाहेक ११ वटै सूचक राताम्मे बनेको छ । बुधबार ६४ कम्पनीको मात्र सेयरमूल्य बढेको छ भने १२४ कम्पनीको सेयरमूल्य घटेको छ । आज ६ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

कमेन्ट गर्नुहोस्