ओलीको प्रश्न : सुकुम्बासी बस्तीमा तमासा गरियो, त्यहाँ कुन शत्रु बसेका छन् ?

230
0
Share:

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बागमती किनारामा रहेका सुकुम्बासी हटाउनका लागि काठमाडौं महानगरपालिकाले थालेको अभियानलाई ‘तमासा’को संज्ञा दिए छन् । उनले शत्रु देशसँगको लडाइँको जस्तो तरिका प्रयोग गरिएको भन्दै ‘त्यहाँ कुन शत्रु बसेका छन्’ भन्दै प्रश्न गरे ।

राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको बधाई तथा शुभकामनामा उनले भने, ‘तपाईंहरुले हिजो देखिहाल्नुभयो, सुकुम्बासी बस्तीको तमासा र उनीहरुलाई हटाउने हाकिमका कुरा सुनी हाल्नुभयो । त्यो के गरेको, शत्रु देशसँगको लडाइँको जस्तो तरिका, भाषा । त्यहाँ कुन शत्रु बसेका छन् ?

काठमाडौं महानगरका नगरप्रहरी प्रमुखले सुकुम्बासी बस्ती हटाउन सरकारले सहयोग नगरेको गुनासो गरेका थिए । ओलीले फुसका छाप्रा भत्काउन डोजर लगिएको भन्दै आपत्ति जनाए ।

कमेन्ट गर्नुहोस्