नियम उल्लंघन गर्ने ९ वाणिज्य बैंक कारबाहीमा, कुन-कुन परे ?

143
0
Share:

नेपाल राष्ट्र बैंकले नियम उल्लंघन गर्ने वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा तोकिएको नियमहरु उल्लंघन गर्ने करिब दर्जन वाणिज्य बैंकहरुलाई राष्ट्र बैंकले राष्ट्र बैंकको सुपरिवेक्षिय कारबाही गरेको हो ।

राष्ट्र बैंकको कारवाहीमा पर्ने बैंकहरुमा बैंक अफ काठमाण्डू, कृषि विकास बैंक, प्रभु बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक, हिमालयन बैंक, सनराइज बैंक, ग्लोबल आइएमई र मेगा बैंक गरी ९ वटा वाणिज्य बैंक परेका हुन् । जसमा सनराइज र मेगा बैंक चालु आवको पहिलो त्रैमास ३ पटक कारबाहीमा परेका छन् ।

कृषि शुद्धीकरण सम्बन्धि ऐन निर्देशनको उल्लङ्घन गरेकोले कृषि विकास बैंकलाई २० लाख रुपैयाँ जरिवाना तोकिएको छ ।

त्यसैगरी, प्रभु, बैंक अफ काठमान्डू, कुमारी र प्राइम बैंकले राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागले रोक्का राख्न निर्देशन दिएका खाताहरुमा कारोबार गरेको पाइएकोले बैंकका कार्यकारी अधिकृतहरुलाई रास्ट्र बैंकले सचेत गराएको छ ।

कमेन्ट गर्नुहोस्