
कतारमा जारी फिफा विश्वकप २०२२ मा मोरक्कोले बेल्जियमलाई २–० गोल अन्तरले हराएको छ । मोरक्कोले अब्देल हामिद साबिरीले ७३ औं मिनेटमा गरेको फ्रिकिक गोलमा अग्रता लियो । इन्ज्युरी समयमा दोस्रो गोल थप्दै मोरक्कोले जित पक्का गर्यो ।
बेल्जियमले पनि खेलमा केही अवसर पाएको भए पनि त्यसलाई सदुपयोग गर्न सकेन । यस जितसँगै मोरक्को समूहको शीर्षस्थानमा उक्लिएको छ । मोरक्कोको २ खेलमा ४ अंक तथा बेल्जियमको ३ अंक छ ।
कमेन्ट गर्नुहोस्








