
चालु आर्थिक वर्षको चार महिनामा भन्सार विभागले लक्ष्यभन्दा ३६ प्रतिशत कम राजस्व संकलन गरेको छ । विभागले कात्तिकसम्म १ खर्ब २९ अर्ब रुपैयाँ मात्रै संकलन गरेको छ। विभागले यो अवधिसम्म २ खर्ब २ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।
लक्ष्यभन्दा ७३ अर्ब रुपैयाँ कम राजस्व संकलन भएपछि सरकारलाई खर्च व्यवस्थापन गर्न कठिन हुँदै गएको हो । विभागले गत वर्ष कात्तिक मसान्तसम्म १ खर्ब ७२ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो । चालु आर्थिक वर्षको ४ महिनामा गत वर्षभन्दा २५ प्रतिशत कम राजस्व संकलन गएको हो ।
भन्सार विभागले साउनदेखि नै लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन । विभागले कात्तिकमा ५५ अर्ब ३ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकोमा ३१ अर्ब २४ करोड रुपैयाँमात्रै संकलन गर्न सकेको हो । गत वर्ष कात्तिकमा विभागले ४३ अर्ब रुपैयाँ राजस्व संकलन गरको थियो ।








