कुमारी धनवृद्धि योजनाको नाफा १ करोड ८१ लाखभन्दा बढीले वृद्धि

149
0
Share:

काठमाडौं । कुमारी सामुहिक लगानीकोष अन्तर्गत सञ्चालित कुमारी धनबृद्धि योजनाको नाफा असोज महिनाको भन्दा कात्तिक महिनामा बढी भएको छ । असोज मसान्तसम्म ५० लाख ३७ हजारभन्दा बढी रहेको योजनाको नाफा कात्तिक महिनामा  १ करोड ८१ लाखभन्दा बढीले वृद्धि भई २ करोड ३२ लाखभन्दा बढी भएको हो ।

असोज मसान्तको तुलनामा कात्तिक महिनामा योजनाको जम्मा आम्दानी  २ करोडभन्दा बढीले वृद्धि भएको छ । असोज मसान्तसम्म  १ करोड ७ लाखभन्दा बढी जम्मा आम्दानी रहेको योजनाको कात्तिक मसान्तसम्म यो आम्दानी  ३ करोड ७ लाखभन्दा बढी भएको हो । योजनाको खर्च रकम असोज मसान्तसम्म  ५६ लाख ९८ हजार रहेकोमा कात्तिक मसान्तसम्म  ७५ लाख ६४ हजारभन्दा बढी भएको छ ।

असोज मसान्तसम्म  १० दशमलव शून्य २ रहेको प्रति इकाई खुद सम्पत्ति मूल्य कात्तिक मसान्तसम्म  १०.१७ कायम भएको छ । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले १२ करोड २५ लाख ७ हजार २५९ इकाई विक्री गरेको थियो ।

धितोपत्र एवम् बैंक मुद्दती निक्षेपमा लगानी गर्ने प्रमुख उदेश्य सहित सञ्चालित यस योजनाले कात्तिक मसान्तसम्म धितोपत्र दलाल कमिसन सहितको लगानी लागत  ५८ करोड ८० लाख ३९ हजार रहेको छ । यो अवधिसम्म योजनाको बैंक मुद्दती निक्षेपमा  १८ करोड लगानी रहेको छ । कात्तिक मसान्तसम्म योजनाले गरेको बैंक मुद्दती निक्षेप र धितोपत्रको बजारमूल्य  ५८ करोड ९८ लाखभन्दा बढी रहेको छ ।

कमेन्ट गर्नुहोस्