समानुपातिकतर्फ एमालेको मत १५ लाख नाघ्याे, रास्वपा र माओवादीबीच कडा प्रतिस्पर्धा

245
0
Share:

प्रतिनिधिसभा समानुपातिकतर्फ नेकपा एमाले अग्रस्थानमा कायमै छ । मतगणनाको पछिल्लो परिणाम अनुसार एमाले १५ लाख नजिक पुगेको छ । निर्वाचन आयोगका अनुसार एमालेले १५ लाख १० हजार ९२४ मत पाएको छ ।

एमालेलाई पछ्याइरहेको नेपाली कांग्रेसले १४ लाख ३६ हजार ४३ छ भने तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ६ लाख ७४ हजार ७४४ मत समानुपातिकतर्फ पाएको छ । माओवादी केन्द्रले रास्वपालाई पाछ्याइरहेको छ । चौथो स्थानमा रहेको माओवादीले ६ लाख ३८ हजार २७९ मत पाएको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३ लाख ४० हजार ९४९, जनता समाजवादी पार्टी (जसपा)ले १ लाख ८० हजार ९३७ र नेकपा एकीकृत समाजवादीले १ लाख २५ हजार ३३८ मत पाएको छ ।

यसैगरी नागरिक उन्मुक्ति पार्टीले १ लाख २२ हजार ५३२, जनमत पार्टीले १ लाख १६ हजार ९१, लोकतान्त्रिक समाजवादी पार्टीले ७४ हजार २५५, नेपाल मजदुर किसान पार्टीले ५९ हजार ३२८ मत पाएको छ । यसबाहेकका अन्य दलले ५० हजार कटाउन सकेका छैनन् ।

कमेन्ट गर्नुहोस्