गुल्मी १ मा चन्द्र भण्डारीसँग एमाले उपमहासचिव प्रदीप ज्ञवाली पराजित

213
0
Share:

गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका डा. चन्द्र भण्डारी विजयी भएका छन् । अन्तिम मतरिणामअनुसार एमालेका उपमहासचिवसमेत रहेका प्रदीप ज्ञवालीलाई हराएर भण्डारी विजयी भएका हुन् ।

शुक्रबार सम्पन्न मतपरिणामअनुसार भण्डारीले ३२ हजार २ सय २७ मत ल्याएर विजयी हुँदा ज्ञवालीले ३० हजार ९ सय ३५ मत ल्याएका छन् ।

निर्वाचनको अन्तिम औपचारिक परिणाम घोषणा हुन बाँकी छ । यो क्षेत्रमा २०७४ मा भण्डारी ज्ञवालीसँगै झन्डै ७ हजार मतले पराजित भएका थिए ।

कमेन्ट गर्नुहोस्