साना उद्यमीहरुलाई मुक्तिनाथ विकास बैंकको साथ

227
0
Share:

मुक्तिनाथ विकास बैंक र कफी सोलुसन प्रा.लिबिच  कफी ब्यवसाय संचालन गर्न चाहने ब्यक्तिहरुलाई ब्यवसायीक कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता अनुसार कफी सोलुसन प्रा.लि.ले कफी सम्बन्धी ब्यवसाय संचालन गर्न ईच्छुक ब्यक्तिहरुलाई छनौट गरी आवश्यक तालिमहरु दिई सक्षम बनाई सशुल्क कफी मेसिन उपलब्द्य गराउने छ भने कफी मेसिनको लागतको ५० प्रतिशत सम्मको लागत बराबरको रकम ब्यवसायीलाई विना धितो ऋण स्वरुप मुक्तिनाथ विकास बैंकले उपलब्ध गराउनेछ ।

ऋण लिएर ब्यवसाय सुरु गरि त्यही ब्यवसायबाट आर्जन गरेको रकमले ब्यवसायीले बैंकलाई मासिक रुपमा किस्ता तिर्न मिल्ने ब्यवस्था गरेको बैंकले जनाएको छ ।

कफी सोलुसन प्रा.लिले कफीको गेडा छान्ने, पिध्ने, प्याकिङ्ग गर्ने, कफिजन्य पदार्थ उत्पादन गर्ने, बेकरी उत्पादनको क्रियाकलाप गर्ने,आयात सम्बन्धी क्रियाकलाप गर्ने र दैनिक जिविकोपार्जनमा कठिन भएका ब्यक्तिहरुलाई कफी ब्यवसाय सम्बन्धी तालिम दिई ब्यवसायी बनाउँदै आएको छ ।

यो कार्यबाट साना वर्गका ब्यवसायीहरुको दैनिक जिविकोपार्जन हुनुको साथै स्वःरोजगार श्रृजनामा सहयोग पुग्ने र भविष्यमा ठुला ब्यवसायीको रुपमा रुपान्तरित भई उद्यमशिलता विकासका साथै अर्थतन्त्रमा नै सकारात्मक प्रभाव पार्न बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बताएका छन् । यस्तै कफी सोलुसन प्रा.लि.का निर्देशक हरी रायमाझीले मुक्तिनाथ विकास बैंक लि. ले न्यून आय भएका वर्गका ब्यक्तिहरुलाई प्राथमिकता दिई आय आर्जन वृद्धि गर्ने कार्यमा महत्वपुर्ण भुमिका खेलेको प्रति खुशी ब्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्