सवारी लाइसेन्सको अनलाइन आवेदन मंसिर ११ देखि खुला हुने

187
0
Share:

आइतबारदेखि सवारी चालक अनुमतीपत्र (लाइसेन्स) को अनलाइन आवेदन प्रणाली खुला हुने भएको छ। प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका कारण मंसिर १ गतेदेखि बन्द रहेको अनलाइन आवेदन प्रणाली १० दिनपछि खुला गर्न लागिएको हो।

सरकारले यातायात व्यवस्था विभागका कर्मचारीहरु निर्वाचनमा परिचालन गरेपछि आवेदन प्रणाली केहि समयका लागि बन्द गरिएको थियो । निर्वाचनमा परिचालन भएका कर्मचारीहरु फर्किन थालेकाले आइतबारदेखि  पुरानै अवस्थामा आवेदन खुला हुने विभागले विज्ञप्तीमार्फत जनाएको छ।

कमेन्ट गर्नुहोस्