
ग्लोबल आइएमई बैंकले ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ
बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ ऋणपत्र निष्काशन गर्नका लागि अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको हो।
बोर्डले अनुमति दिएमा बैंकले ‘ग्लोबल आइएमई बैंक डिबेन्चर–२०८४/८५’ जारी गर्नेछ। बैंकले निष्काशन गर्ने कुल इकाइमध्ये =३० लाख इकाइ व्यक्तिगत तरबबाट बिक्री गर्नेछ भने बाँकी २० लाख इकाइ सर्वसाधारणका लागि जारी गर्नेछ।
बैंकको यो ऋणपत्र ५ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ११.२५ प्रतिशत ब्याज पाउनेछन् ।
ग्लोबल आइएमई बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।
कमेन्ट गर्नुहोस्








