चितवन-१ मा पूर्वअर्थमन्त्रीलाई हराउँदै स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित

206
0
Share:

चितवन क्षेत्र नं- १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल निर्वाचित भएका छन् । ढकाल ७५८१ मतान्तरले निर्वाचित भएको छन् । हालै सम्पन्न गतगणना अनुसार ढकाल ३४ हजार १८९ मत ल्याउँदै उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी सुरेन्द्र पाण्डेले २६ हजार ६०८ मत ल्याए । नेपाली कांग्रेसका उम्मेदवार विश्वनाथ पौडेलले २४ हजार ९९० मत पाएका छन् । एमालेका उपाध्यक्षसमेत रहेका पाण्डे पूर्वअर्थमन्त्री हुन् भने पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन् ।

ढकाल लामो समयदेखि नेपाली पुँजीबजार सुधार र विस्तारका लागि आवाज उठाउदै आइरहेका छन् ।

कमेन्ट गर्नुहोस्