
सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेका उम्मेदवार मानवीर राई विजयी भएका छन् । राई १९ हजार ३२४ मतसहित विजयी भएका हुन् ।
उनले सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका बलबहादुर केसीलाई २७७९ मतान्तरले पराजित गरेका छन् । केसीले १६ हजार ५४५ मत ल्याएका छन्।
कमेन्ट गर्नुहोस्








