जर्मनीविरूद्ध जापानकाे ऐतिहासिक जित:बिश्वकप २०२२

Share:

विश्वकप २०२२ अन्तर्गत जर्मनीलाई पहिलाे खेलमा २-१ ले पराजित गरि जापानले एतिहासिक जीत निकालेको छ ।                चार पटक  विश्वकप विजेता जर्मनीले विश्वकपकाे पहिलाे खेलमा हार बेहोरेको यो दोश्रो पटक  हाे । उसलाई रूसमा सन् २०१८ मा मेक्सकाेले १-०ले पराजित गरेकाे थियाे । जापानले जर्मनीविरूद्व अन्तर्राष्ट्रिय फुटबलमै यो पहिलाे जित हाे ।

कतार खलिफा अन्तर्राष्ट्रिय रंगशालामा भएकाे खेलमा इकाय गुन्डाेगनकाे पेनाल्टी गाेलमा जर्मनीले ३३ औं मिनेटमा १-० काे अग्रता लिएकाे थियाे ।

रित्सु डाेआनले रिबाउन्डमा गाेल गर्दै ७५ औं मिनेटमा १-१ काे बराबरीमा पुर्‍याएका थिए । ताकुमा आसानाेले ८३ औं मिनेटमा उत्कृष्ट फिनिसिङ गर्दै जापानलाई २-१ ले अगाडि बढाए । जर्मन क्लबमा आवद्ध यी दुवै गाेलकर्ता सब्स्टच्युटकाे रुपमा मैदानमा प्रवेश गरेका हुन् ।

कमेन्ट गर्नुहोस्