गोरखा–२ मा प्रचण्डको जित निश्चित

201
0
Share:

 गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जित निश्चित भएको छ । निकटतम प्रतिस्पर्धीसँग अब गणना हुन बाँकी मतभन्दा बढीको अग्रता कायम गरेसँगै उनको जित पक्का भएको हो ।

प्रचण्डले २१ हजार ७५ पाउँदा उनको प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ८ हजार ४६३ मत पाएका छन् । जसअनुसार प्रचण्ड बुर्लाकोटीभन्दा १२ हजार ६ सय १२ मतले अघि छन् । गोरखा–२ मा अब १२ हजार ५७१ मत गणना हुन बाँकी छ ।

मतगणनाको सुरुदेखि नै तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार अब्दुस मियाले ५ हजार ६३७ मत ल्याएका छन् ।

कमेन्ट गर्नुहोस्