सप्तरी-२ मा उपेन्द्र यादवलाई आउट गर्दै सिके राउतको इन्ट्री

134
0
Share:

सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा जनमत पार्टीका अध्यक्ष सिके राउत भारी मतले विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतान्तरले पराजित गरेका हुन् ।

राउतले ३५ हजार ४२ मत प्राप्त गरे । पराजित उपेन्द्र यादवले १६ हजार ९७९ मत ल्याए । यस्तै, प्रदेश सभातर्फ दुईवटै क्षेत्रमा जनमत पार्टीले विजयी हासिल गरेको छ । सप्तरी २ (१) मा सतिशकुमार सिंह निर्वाचित भए भने सप्तरी २ (२) मा जनमत पार्टीकै महेश यादव निर्वाचित भएका हुन् ।

अमेरिकाको क्याब्रिज विश्वविद्यालयबाट इन्फरमेसन इन्जिनियरिङमा पीएचडी गरेका उनी २०६८ सालमा नेपाल फर्किएका थिए । स्वतन्त्र मधेस गठबन्धनका नाममा तराई मधेसमा स्वतन्त्र मधेस अभियान चलाउँदै आएका सीके राउत २०७५ साल फागुन २४ गते सरकारसँग ११ बुँदे सहमति गरी शान्तिपूर्ण राजनीतिमा आएका हुन् ।

कमेन्ट गर्नुहोस्