
जारी प्रतिनिधिसभाको मतगणनामा २७ सिटको अन्तिम परिणाम सार्वजनिक भएको छ ।
सार्वजनिक भएको मतपरिणामअनुसार अहिलेसम्म सबैभन्दा धेरै सिट नेपाली कांग्रेसले जितेको छ। कांग्रेसले १३ सिट जित्दा नेकपा एमाले ५ स्थानमा जितेर दोस्रो स्थानमा छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ४ क्षेत्रमा जित हासिल गरेको छ।
माओवादी केन्द्रले २ क्षेत्रमा जित हात पारेको छ । नेकपा (एकीकृत समाजवादी) नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक-एक ठाउँमा जित निकालेका छन् ।
कसले कहाँ जिते
नेपाली कांग्रेस
काठमाडौं-१: प्रकाशमान सिंह
काठमाडौं-३ सन्तोष चालिसे
काठमाडौं-४: गगन थापा
काठमाडौं-५: प्रदीप पौडेल
काठमाडौं-१०: राजन केसी
मनाङ- टेकबहादुर गुरूङ
मुस्ताङ: योगेश गौचन
तनहुँ-२: शंकर भण्डारी
सुर्खेत-२: हृदयराम थानी
ललितपुर-१: उदयशमशेर राणा
पर्सा-४: रमेश रिजाल
डडेल्धुरा: शेरबहादुर देउवा
रसुवा: मोहन आचार्य
नेकपा एमाले
ललितपुर-२: प्रेमबहादुर महर्जन
काठमाडौं-९: कृष्णगोपाल श्रेष्ठ
उदयपुर-२: डम्बरबहादुर रायमाझी
गुल्मी-२: गोकर्ण बिष्ट
ताप्लेजुङ: योगेश भट्टराई
राष्ट्रिय स्वतन्त्र पार्टी
काठमाडौं-८: विराजभक्त श्रेष्ठ
काठमाडौं-२ : सोविता गौतम
काठमाडौं-७: गणेश पराजुली
काठमाडौं-६: शिशिर खनाल
माओवादी केन्द्र
सिन्धुली-२: लेखनाथ दाहाल
रूकुम पूर्व: पूर्णबहादुर घर्ती
नेकपा (एकीकृत समाजवादी)
अछाम-२: शेरबहादुर कुँवर
राष्ट्रिय प्रजातन्त्र पार्टी
बाँके-२: धवलशमशेर राणा
नागरिक उन्मुक्ति पार्टी
कैलाली-३: गंगाराम चौधरी








