चितवन-२ मा रवि लामिछाने दोब्बरभन्दा धेरै मतले अगाडि

154
0
Share:

चितवन क्षेत्र नम्बर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले दोब्बरभन्दा धेरै मतान्तरले अगाडि छन् ।

३० हजार ३१३ मत गनिसक्दा लामिछानेले १४ हजार ८११ मत ल्याएका छन् । नेकपा एमालेका कृष्णभक्त पोखरेलले ६ हजार ९४१ मत ल्याएका छन् । पोखरेल लामिछानेभन्दा ७ हजार ८७० मतान्तरले पछाडि परेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ ६ हजार ६०८ मतसहित तेस्रो स्थानमा छन् । श्रेष्ठ सत्ता गठबन्धनका उम्मेदवार हुन् ।

कमेन्ट गर्नुहोस्