
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले रिडी पावर कम्पनीको सेयर कारोबार रोक्का गर्दै स्पष्टीकरण सोधेको छ ।
कम्पनीको लाभांश घोषणासम्बन्धी जानकारीलाई लिएर नेप्सेले कम्पनीको सेयर कारोबार रोक्का राख्दै ३ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो।
कम्पनी सञ्चालक समितिको हिजो बिहान ११ बजे बसेको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ २.१० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । उक्त निर्णयका बारेमा कम्पनीले दिउँसो ३:५५ बजे नेप्सेमा जानकारी गराएको थियो।

कमेन्ट गर्नुहोस्








