
काठमाडौं क्षेत्र नम्बर-१० मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र केसी (राजन) निर्वाचित भएका छन् । केसी १४ हजार ४५८ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार हिमेस केसीले ११ हजार ७८६ मत ल्याएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले ८ हजार ७३६ र माओवादी केन्द्रकी अन्जना विशंखेले ५ हजार २६२ मत पाएका छन् । केसी यसअघि भएका लगातार दुई निर्वाचनमा पनि विजयी भएका थिए ।
कमेन्ट गर्नुहोस्








