म्याग्दी प्रदेशसभा–२ मा माओवादी केन्द्रका रेशम जुग्जाली विजयी

382
0
Share:

म्याग्दीको प्रदेशसभा क्षेत्र २ बाट नेकपा माओवादी केन्द्रका रेशम जुग्जाली (सुविन) विजयी भएका छन् । नौ हजार ४५४ मत ल्याएर जुग्जाली गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका यामबहादुर जुग्जालीले नौ हजार ३५३ मत पाए ।

सत्तारुढ गठबन्धनको समर्थनमा उम्मेदवार बनेका रेशम १०१ मतान्तरले निर्वाचित भएका हुन् । ३९ वर्षीय उनी नेकपा माओवादी केन्द्रका म्याग्दी जिल्ला संयोजकसमेत हुन् ।

कमेन्ट गर्नुहोस्