
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले अग्रता कायमै राखेका छन् । उनीसँग एमाले उम्मेदवार श्यामकुमार घिमिरे प्रतिस्पर्धामा छन् भने गठबन्धन तर्फबाट माओवादी केन्द्रकी मानुषी यमी भट्टराई तेस्रो स्थानमा छिन् ।
पराजुलीले ४ हजार १ सय १७ मत प्राप्त गर्दा ६८ वर्षीय घिमिरेले ३ हजार ६ सय ६९ मत ल्याएका छन् भने मानुषीले ३ हजार १९ मत प्राप्त गरेकी छन् । उक्त क्षेत्रबाट उम्मेदवारी दिएका पूर्वमन्त्री रामवीर मानन्धर र राजेन्द्र श्रेष्ठ प्रतिस्पर्धामा पछाडी छन् । श्रेष्ठले ६ सय ९१ र मानन्धरले ५ सय ४८ मत ल्याएका छन् ।
कमेन्ट गर्नुहोस्








