सप्तरी–२ को प्रदेशसभा–२ मा जनमत पार्टीका यादव निर्वाचित

127
0
Share:

मधेस प्रदेशमा सिके राउत नेतृत्वको जनमत पार्टीले विजयीको खाता खोलेको छ । सप्तरी–२ को प्रदेशसभा २ बाट जनमतका महेशकुमार यादव विजयी भएका छन् ।

यादवले १३ हजार ३२५ मत ल्याउँदा उनका निकटम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उमेशकुमार यादव ७ हजार २३ मतमा रोकिए ।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका यादव पूर्वमन्त्री हुन् । उनी ०७४ मा सप्तरी २ मा उपेन्द्र यादवसँग पराजित भएका थिए ।

जनमत पार्टीबाट विजयी भएका यादव पूर्वमाओवादी नेता हुन् । उनी निर्वाचनभन्दा केही समय अघि मात्र जनमतमा आएका थिए ।

कमेन्ट गर्नुहोस्